ट्रेण्डिङ

होमपेज / समाज

मानिसको विचार र सोचाइमा अपाङ्गता हुनुुहुँदैन - उपप्रमुख बिक

गुर्भाकोटमा सामाजिक परीक्षण सम्पन्न

नेपालगाथा २०८१ असार ८ गते शनिबार ०९:४३:५३ मा प्रकाशित

सुर्खेत । गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना बिकले मानिस शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति भन्दा पनि विचार र सोचाइमा अपाङ्गता भएका व्यक्तिबाट समाजमा विभेद आउन सक्ने बताउनुभयो । 

मानिस कतिवेला अपाङ्गता हुन्छ कसैलाई थाहा नहुने बताउँदै उपप्रमुख बिकले सपाङ्गता भएका व्यक्तिहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई कहिल्यै पनि भेदभाव गर्न नहुनेमा जोड दिनुभयो ।

आइएनएफ सुर्खेतद्वारा सञ्चालित साइनिङ्ग अस्पताल पहुँच तथा समावेशीकरण परियोजना खासगरी अपाङ्गता भएका व्यक्तिहरु र तिनिहरुको परिवारसँग सम्बन्धित परियोजना हो । यस्तो राम्रो परियोजना आफ्नो नगरपालिकामा आएर थुप्रै अपाङ्गता भएका व्यक्ति र उनीहरुको परिवारको पक्षमा काम गरेको भन्दै उपप्रमुख बिकले परियोजना टिमलाई धन्यवाद दिनुभयो । 

परियोजना संयोजक ललित सारुले अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता र पालिकाको सहकार्य बिना अपाङ्गता भएका व्यक्ति र परिवारको जीवनमा थोरै भएपनि परिवर्तन ल्याउने कार्यमा परियोजनाले हातेमालो गरेको बताउनुभयो । 

कार्यक्रमको प्रकृति र सेवाग्राहीको आवश्यकता अनुसार आफूहरुले हातेमालो गर्दै अगाडि बढेको बताउँदै परियोजना संयोजक सारुले साइनिङ्ग अस्पातालले प्रदान गर्ने सेवा सुविधामा जोडिनका लागि सबैलाई आग्रह गर्नुभयो । 

सामाजिक परीक्षणलाई सहजीकरण गर्दै पत्रकार त्रिभुवन बिसीले सामाजिक उत्तरदायित्व, जवाफदेहिता र सुशासनका पक्षबाट परियोजनाले उत्कृष्ट कामहरु गरेको बताउनुभयो । 

परियोजनाबाट गुर्भाकोट नगरपालिकाका एक हजार २ सय ८२ जना पुरुष र एक हजार १ सय ३६ जना महिला गरी कुल २ हजार ४ सय १८ जना व्यक्ति लाभान्वित भएको सामाजिक परिक्षक बिसीले कार्यक्रममा बताउनुभयो । 

साथै अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकतालाई मध्यनजर गर्दै प्रस्तावित भएको बजेट भन्दा पनि धेरै रकम गुर्भाकोट नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुका लागि व्यवस्थापन भएको सामाजिक परिक्षण अध्ययनको क्रममा भेटिएको सामाजिक परिक्षणमा बताइएको थियो । 

कार्यक्रममा आउँदो वर्षका लागि २३ लाख ६८ हजार ६ सय २७ रुपैयाँको प्रस्तावित बजेट समेत प्रस्तुत गरिएको थियो । 

गुर्भाकोट नगरपालिकाका उप्रप्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, अपाङ्गता एकता सञ्जालका व्यक्तिहरु र विभिन्न सरोकारवाला व्यक्तिहरु गरी करि ६० जनाको सहभागिता भएको कार्यक्रको सञ्चालन परियोजनाका अनुगमन अधिकृत लोकप्रसाद गौतमले गर्नुभएको थियो । 

यस अघि गुर्भाकोट नगरपालिकामा साइनिङ्ग अस्पताल पहुँच तथा समावेशीकरण परियोजना सल्लाहकार समितिको समिक्षा बैठक पनि सम्पन्न भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top