ट्रेण्डिङ

होमपेज / समाज

मन्त्रिपरिषद्काे बैठक बस्दै

नेपालगाथा २०८१ असार ७ गते शुक्रबार ११:४५:५२ मा प्रकाशित

काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । 

आजको बैठकले रिक्त ११ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी छ । बिहीबार बेलुका प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेले राजदूत भागबन्डा टुग्यएका थिए । 

एमालेले ८, रास्वपाले २ र माओवादीले १ राजदूत पाउने बताइएको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएपछि ती स्थानमा राजदूत नियुक्तिका लागि सिफारिस गर्न लागेको हो । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top