ट्रेण्डिङ

होमपेज / समाज

सगरमाथा आधार शिविरमा विश्व सेफ सम्मेलन हुने

नेपालगाथा २०८१ असार ६ गते बिहीबार १४:५३:५४ मा प्रकाशित

काठमाडौँ । सन् २०२५ मा सगरमाथा आधार शिविरमा विश्व सेफ सम्मेलन आयोजना हुने भएको छ । बिहीबार ग्यास्टोनोमी टुरिजम एसोसिएसन अफ नेपालले काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सन २०२५ को मे महिनामा सगरमाथा आधार शिविरमा विश्व सेफ सम्मेलन आयोजना गर्ने घोषणा गरेको हो । 

कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले नेपाली परम्परागत खानालाई विश्वमाझ चिनाउनका लागि सगरमाथा आधार शिविरमा हुने विश्व सेफ सम्मेलनले मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

उनले मुलुकको परम्परागत खानाहरूको प्रवर्द्धनमा सरकारले आवश्यक भूमिका खेल्नुपर्ने धारणा पनि राखिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top