ट्रेण्डिङ

होमपेज / समाज

मधेश प्रदेशको योजना आयोग उपाध्यक्षमा डा. साह नियुक्त

नेपालगाथा २०८१ असार ६ गते बिहीबार १४:३६:४३ मा प्रकाशित

जनकपुरधाम । मधेश प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त भएका छन् ।

आज मुख्यमन्त्री सतिश सिंहले साहलाई नीति तथा योजना आयोगमा नियुक्त गरेका हुन् ।

साह यसअघि जनमत पार्टी सरकारमा रहँदा उसको कोटामा नीति तथा योजना आयोगको सदस्य भएका थिए ।

जनमतले ९ माघमा सरकार छाडेपछि तत्कालीन सरकारले साहलाई बर्खास्त गरेको थियो ।

उनले आजै पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top