ट्रेण्डिङ

होमपेज / समाज

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबीच सम्झौता

नेपालगाथा २०८१ असार ६ गते बिहीबार १२:३३:१६ मा प्रकाशित

काठमाडौं । युएईको अल् जजिरा एक्सचेन्ज र नेपालकाे सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ ।

युएईमा रहेका नेपालीहरुले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने भएका छन्।

नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५ हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ ।

नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने सिटी एक्सप्रेसले जनाएको छ ।

यस सम्झौताका आधारमा युएईमा बैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहज र गुणस्तरीय बिप्रेषण सेवा प्रदान हुने बिश्वास कम्पनिले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top