ट्रेण्डिङ

होमपेज / समाज

राप्रपा महिला संगठन अध्यक्ष अञ्जनाले दिइन् राजीनामा

नेपालगाथा २०८१ असार ६ गते बिहीबार ११:२६:११ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलले राजीनामा दिएकी छिन् । उनले राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङलाई सम्बोधन गरेर राजीनामा दिएकी हुन् ।

उनी गत वैशाख २५ गते काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी थिइन्। जिल्ला अधिवेशनहरू र केन्द्रीय अधिवेशन गरी उनी अध्यक्षमा निर्वाचित भएकी थिइन्। 

त्यसअघि राप्रपाले उनलाई राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको तदर्थ समिति अध्यक्षमा २०७९ असार २ गते मनोनीत गरेको थियो ।

उनले आफूलाई पार्टीको राष्ट्रिय प्रजातान्त्रिक संगठनको महिला तदर्थ समितिको संयोजकको रुपमा दिइएको जिम्मेवारी पूरा गर्दै प्रथम महाधिवेशनबाट गत वर्ष वैशाख २५ मा अध्यक्ष भएर धेरै काम गर्दा पनि असहयोग भएको भन्दै असन्तोष पोखेकी छन् ।

उच्च नेतृत्वलाई यसबारेमा जानकारी भए पनि सहयोग नभएको रावलले संकेत गर्दै राजीनामा दिएकी छन् ।

आजको दिनदेखि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय अध्यक्ष पदबाट राजीनामा दिँदै मलगायत सम्पूर्ण मेरो परिवार राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य र यो पार्टीको भोटरसमेत नरहने जानकारी दिन चाहन्छु, उनले राजीनामापत्रमा लेखेकी छन्, ‘

प्रतिक्रिया

सम्बन्धित खवर

Top