ट्रेण्डिङ

होमपेज / समाज

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

नेपालगाथा २०८१ असार ६ गते बिहीबार १०:२५:४२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहीबार बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ। 

बैठकमा श्रम तथा रोजगार, श्रमिक तथा कामदार, वैदेशिक रोजगार, सामाजिक सुरक्षाको अवस्था नीति, कानून, संरचना लगायत मन्त्रालयबाट भएका काम, समस्या, भावी कार्ययोजना र समितिसँगको अपेक्षाबारे छलफल हुने संसद् सचिवालयले जनाएको छ।

वैदेशिक रोजगारका समस्या, भावी कार्ययोजना र समितिसँगको अपेक्षाका बारेमा पनि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top