होमपेज / समाज
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज बुधबार स्वदेश फर्किएका छन् ।
राष्ट्रपति पौडेल जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज स्वदेश फर्किएका हुन् ।
राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते काठमाडौंबाट प्रस्थान गरेका थिए ।
राष्ट्रपति निर्वाचित भएपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण थियो ।