होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वविद्यालय स्थापना गर्दाका एक दशकको मूल मर्मलाई बुझेर विश्वविद्यालयका पदाधिकारीहरु अगाडि बढ्नुपर्ने बताउनुभएकाे छ । साेमबार मध्यपश्चिम विश्वविद्यालयकाे सभाहलमा विश्वविद्यालयकाे १४औं वार्षिकोत्सव समारोहलाई सम्वाेधन गर्दै मुख्यमन्त्री कँडेलले यस्ताे बताउनुभएकाे हाे ।
मुख्यमन्त्री कँडेलले मध्यपश्चिम विश्वविद्यालयको विकास नै समग्र कर्णाली प्रदेशको विकास र उन्नयन रहेकाले सोहि अनुरुप विश्वविद्यालयले आफ्नो भूमिका निर्वाह बहन गर्न सके कर्णाली प्रदेशको अवस्था परिवर्तन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयाे।
मध्यपश्चिम विश्वविद्यालय लगायत कर्णाली प्रदेशको शैक्षिक क्षेत्रमा कर्णाली प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग र सहकार्यका लागि नीति तथा कार्यक्रम मार्फत सम्बोधन भएको बताउँदै मुख्यमन्त्री कँडेलले विश्वविद्यालयलाई मैनवत्ती र ऐनाको रुपमा बिम्बित गर्दै विश्वविद्यालय समाज सुधारको प्रमुख अंग रहेको र सम्बन्धित सबैले सामुहिक जिम्मेवारीका साथ कर्णालीको विकासमा लाग्नु पर्नेमा जोड दिनु भयाे ।
.jpg)
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुबकुमार गौतमले विश्वविद्यालय स्थापना र सो पश्चात विश्वविद्यालयको विकासमा योगदान पुर्याउनुहुने सम्पूर्ण महानुभावहरु र आज सम्मको नेतृत्वलाई स्मरण गर्दै हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।
गौतमले मध्यपश्चिम विश्वविद्यालयलाई एक उत्कृष्ट विश्वविद्यालयको रुपमा स्थापित गर्नु नै आफ्नो कार्ययोजनाको मूल मर्म रहेको र सरोकारवाला सम्पूर्णलाइ यस कार्यमा साथ सहयोगका लागि आह्वान समेत गर्नु भयाे। विश्वविद्यालय प्राध्यापक, कर्मचारी, विद्यार्थी र सरोकारवाला सबैको साझा थलो भएको बताउँदै उपकुलपति गाैतमले सहकार्यका माध्यमबाट विश्वविद्यालय अगाडि बढाउने जानकारी दिनुभयाे ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलले विश्वविद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी कार्यक्रममा सर्वोत्कृष्ट प्राध्यापक, अनुसन्धानकर्ता, कर्मचारी र विद्यार्थीहरुलाई पुरुस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
वार्षिक उत्सव समारोहमा विश्वविद्यालयका पदाधिकारी, पुर्व-पदाधिकारी, जनप्रतिनिधि, प्राध्यापक, सुरक्षा निकायका अधिकारी, कर्मचारी, विद्यार्थी, चन्दादाता, अभिभावक, पत्रकार लगायत शिक्षाप्रेमीको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. चन्द्र प्रसाद रिजालज्यूले गर्नु भएको थियो । उक्त कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका विभिन्न ग्र्याजुएट स्कुलहरुमा अध्ययनरत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
.jpeg)
.jpg)