होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट ल्याएको छ । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख बजेट ल्याइएको छ । पुँजीगत तर्फ ५९.७ प्रतिशत र चालुतर्फ २४.१२ प्रतिशत बजेटलाई अर्थमन्त्री महेन्द्र केसीले प्रदेश सभाको दशौं बैठकमा प्रस्तुत गर्नुभयाे ।
यसैगरी वित्तीय व्यवस्थापनतर्फ २५ करोड र स्थानीय तह वित्तीय हस्तान्तरणमा ४ अर्ब ८३ करोड विनियोजन गरिएको छ ।
मन्त्री केसीले‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’को नारालाई सार्थक तुल्याउने उद्देश्यसहित बजेट ल्याइएको बताए । साथै बजेटलाई ७ वटा उद्देश्य, ७ वटा प्राथमिकता र ७ वटा रणनीतिक क्षेत्र निर्धारण गरी ल्याइएको उनको भनाइ छ ।