ट्रेण्डिङ

होमपेज / समाज

औषधि व्यवसायीको हक हितका लागि संगठित हुनुपर्छ – सल्लाहकार खड्का

नेपालगाथा २०८१ जेठ ३२ गते शुक्रबार २३:५१:३९ मा प्रकाशित

सुर्खेत । नेपाल औषधि व्यवसायी संघ केन्द्रीय कमिटी र कर्णाली प्रदेशका सल्लाहकार विष्णुबहादुर खड्काले औषधि व्यवसायीहरुको हक हित र प्रवद्र्धनका लागि सबै औषधि व्यवसायीहरु संगठित हुनुपर्ने बताउनुभएको छ । नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको साधारणसभामा बोल्दै सल्लाहकार खड्काले यस्तो बताउनुभएको हो । 

औषधि व्यवसायीहरु संगठित हुन सकिरहेका छैनौं । जबसम्म सबै औषधि व्यवसायीहरु एकजुट हुँदैनौं तबसम्म औषधि व्यवसायीको हक हितमा काम हुन सक्दैनन् उहाँले भन्नुभयो, आफ्नो व्यवसायलाई सुरक्षित र मर्यादित बनाउनका लागि संगठन आवश्यक भएको सल्लाहकार खड्काले जोड दिनुभयो । 

सल्लाहकार खड्काले दर्ता नभएका औषधि पसल सञ्चालन नगर्न सल्लाह दिनुभयो । साथै उहाँले यस्ता पसलमा औषधि पनि बिक्री वितरण नगर्न समेत आह्वान गर्नुभयो । 

सल्लाहकार खड्काद्वारा जग्गा दान

नेपाल औषधि व्यवसायी संघका केन्द्रीय र प्रदेश सल्लाहकार विष्णुबहादुर खड्काले नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशलाई पाँच मिटर जग्गा हस्तान्तरण गर्नुभएको छ । सुर्खेतको कालिञ्चोक नजिकमा रहेको पाँच मिटर जग्गा आफ्ना बुवा र आमाको नाममा नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको भवन निर्माणार्थ दान गरेको सल्लाहकार खड्काले बताउनुभयो । 

नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सचिव कृष्णबहादुर रोकायले सबै व्यवसायीहरु मिलेर काम गरेमा कर्णाली प्रदेशका औषधि व्यवसायीहरुको विकास हुने बताउनुभयो ।

यस्तै नेपाल औषधि व्यवसायी संघका केन्द्रीय उपकोषाध्यक्ष कविराज कंडेलले औषधि व्यवसायीहरुका व्यक्तिगत स्वार्थ भन्दा पनि सबैको साझा मुद्दामा एकजुट हुनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top