होमपेज / समाज
गोविन्द रावत, जुम्ला । जुम्ला जिल्लाको तिला गाउँपालिकाको ६ नम्बर वडा जुम्ला जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा भएको छ । शुक्रबार एक कार्यक्रमकाे आयाेजना गर्दै तिला गाउँपालिकाको ६ नम्बर वडा जुम्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको हाे ।
बालमैत्री वडा घोषणा कार्यक्रममा जुम्ला जिल्ला समन्वय प्रमुख गौरिनन्दा आचार्य, तिला गाउँपालिका प्रमुख मोतीलाल रोकाया, तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथपा, तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकाला बुढा, निवर्तमान उपाध्यक्ष विष्णुमाया बुढा, किडाक जुम्लाका जिल्ला संयोजक दीपराज रावत, वर्ड भिजन जुम्लाका प्रतिनिधि भेष व रावल र विभिन्न शाखाका प्रमुख र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

तिला गाउँपालिकाका प्रमुख मोतिलाल रोकायाले बालबालिका भनेका देशका बलिया खम्बा हुन् खम्बा बलियो भयाे भने घर बलियो हुने बताउनुभयाे । साथै उहाँले बालबालिकालाई कुनै पनि हिंसा जन्य काममा नलगाउन समेत सबैलाई आग्रह गर्नुभयो। तिला गाउँपालिकाका निवर्तमान उपाध्यक्ष विष्णुमाया बुढाले जस्ताे सुकै बिकट क्षेत्र भए पनि अब वडा नम्बर ६ बालमैत्री वडा घोषणा भएकाले सबै बालबालिकाले अब सम्मान पाउने आशा व्यक्त गर्नुभयाे ।
यसैगरी किडाक नेपाल जुम्लाका संयोजक दिपराज रावतले जुम्लाको पहिलो बाल मैत्री वडा घोषणा गरेकोमा वडा नं ६ का जनप्रतिनिधि र जनतालाई धन्यवाद व्यक्त गर्नुभयाे । तिला गाउँपालिका स्तरीय बाल क्लबका अध्यक्ष वसन्त कुमार रोकायले बालबालिका भनेका कलिला मुना भएकाले यसलाई मलजल गर्नु आवश्यक भएकाे बताउनुभयाे ।
तिला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जंग रोकायले सबै वडा बासीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि वडाबासीकाे सहयोगको अपेक्षा गर्नुभयाे ।
