ट्रेण्डिङ

होमपेज / समाज

राज्यले निजीक्षेत्रलाई उपेक्षा गरेको छ - अध्यक्ष भण्डारी

नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको वार्षिक साधारणसभा

नेपालगाथा २०८१ जेठ ३२ गते शुक्रबार ११:४७:५१ मा प्रकाशित

सुर्खेत । नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष प्रेमबहादुर भण्डारीले राज्यले निजी क्षेत्रलाई उपेक्षा गरेकाे बताउनुभएकाे छ । नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको वार्षिक साधारण सभामा बाेल्दै अध्यक्ष भण्डारीले यस्ताे बताउनु भएकाे हाे । 

साथै उहाँले सबै खालका औषधिहरु मेडिकलबाट उपलब्ध हुने व्यवस्थालाई सहज बनाउनका लागि नेपाल औषधि व्यवसायी संघ केन्द्रीय कार्यालयले राज्यसँग समन्वय गरेर सबै औषधि व्यवसायिको हक र हितमा लाग्न अध्यक्ष भण्डारीले आग्रह गर्नुभयो । 

साेही अवसरमा अध्यक्ष भण्डारीले नेपाल औषधि व्यवासायी संघ कर्णाली प्रदेशको भवन निर्माणको अभियानमा लागिरहेको बताउँदै सबै औषधि व्यवसायी र सहयोगी मन भएकाहरुलाई यो महान अभियानमा जोडिनका लागि समेत आह्वान गर्नुभयो । 

नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशका महासचिव दानबहादुर रोकायले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघले गरेका वर्षभरिका कार्यक्रमहरुका बारेमा जानकारी दिनुभयो । 

नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशका कोषाध्यक्ष गोमाकुमारी नेपालीे आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै प्रथम कर्णाली प्रदेश अधिवेशन सम्पन्न भए पश्चात हालसम्म विभिन्न संघसंस्था र व्यक्तिहरुबाट जग्गा खरिद र भवन निर्माणका लागि ३० लाख ९६ हजार ७१ रुपैयाँ आम्दानी भएको जानकारी दिनुभयो । यसैगरी विभिन्न कार्यक्रममा ८ लाख ५ हजार ३ सय ८० रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । साथै हाल बैंकमा २२ लाख ९० हजार ६ सय ९१ रुपैयाँ मौज्दात रहेको समेत जानकारी दिनुभयो । 

कार्यक्रमममा नेपाल पत्रकार महासंघ सुर्खेत जिल्लाका अध्यक्ष ललित बसेलले शुभकामना मन्तब्य ब्यक्त गर्दै कोभिडको समयमा औषधि व्यवसाय, सुरक्षाकर्मी र पत्रकारहरु सँगसँगै मिलेर काम गरेको अनुभव सुनाउँदै औषधि व्यवसायको उच्च प्रशंसा गर्नुभयो । साथै उहाँले जनताको जिउ ज्यानसँग जोडिएको औषधि व्यवसाय र पत्रकार जगत आगामी दिनमा पनि सँगसँगे हिड्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

कार्यक्रममा विभिन्न जिल्लाका जिल्ला अध्यक्षहरुले प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो । 

वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको कार्यक्रमकाे नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशका सदस्य इन्द्रबहादुर खत्रीले स्वागत गर्नुभएकाे थियाे

प्रतिक्रिया

सम्बन्धित खवर

Top