ट्रेण्डिङ

होमपेज / समाज

डा. तिलक आचार्य लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त

नेपालगाथा २०८१ जेठ ३२ गते शुक्रबार ११:१०:४९ मा प्रकाशित

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा सहप्राध्यापक डा.तिलकराम आचार्य नियुक्त भएका छन् । रजिष्ट्रार नियुक्तिका लागि खुला प्रतिष्पर्धा गर्दा पहिलो नम्बरमा रहेका आचार्यलाई उपकुलपति प्रा.डा. सुबर्णलाल बज्राचार्यले रजिष्ट्रार नियुक्तिका लागि कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष सिफारिस गरेका थिए ।

प्रधानमन्त्री दाहालले आचार्यलाई शुक्रबार विहान नियुक्तिपत्र प्रदान गरे । प्रधानमन्त्री दाहालले बुधबार रजिष्ट्रार नियुक्तिको निर्णय गरेको बताइएको छ ।यसअघि दुई कार्यकाल लुम्बिनी बौद्ध विश्वविद्यालयकै रजिष्ट्रार भई काम सकिसकेका छन् ।

रजिष्ट्रार नियुक्त भएका आचार्य लुम्बिनी बौद्ध विश्वविद्यालयलाई लुम्बिनीमा स्थापित गरी हालको अवस्थामा पुर्‍याउने काममा उनलाई रोलमोडलका रुपमा लिने गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top