होमपेज / समाज
काठमाडौँ । प्रतिनिधि सभाकाे बैठक आज भएको छ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने छ ।
बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ३ मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुनेछ ।
आजको बैठकमा प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
प्रतिनिधिसभामा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल सुरु भएको हो। हिजो सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।
.jpg)