होमपेज / समाज
सुर्खेत। कर्णाली प्रदेश लोकसेवा आयोगमा रिक्त रहेको सदस्य पदमा भक्तबहादुर ढकाल नियुक्त भएका छन् । यसअघि सदस्य रहेका भक्तबहादुर खड्काको उमेर हदले अनिवार्य अवकाशमा परेपछि उक्त रिक्त रहेको सदस्य पदमा ढकाललाई नियुक्त गरिएकाे हाे ।
ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले सदस्य पदमा नियुक्त गरेका हुन् ।