होमपेज / समाज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको जेनेभा पुगेका छन्। राष्ट्रपति पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममाआज स्विट्जरल्यान्डको जेनेभा पुगेका हुन् ।
उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओको आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १ सय १२औँ उच्चस्तरीय सत्र अन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ ग्लोबल कोलिसन फर सोसल जस्टिसको उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।