होमपेज / समाज
काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुडिंदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्तिको माग गरेकी छन् ।
बुधबार बसेको संसद बैठकमा सांसद रानाले मृत्यु भएका खच्चडका मालिकलाई उचित क्षतिपूर्ति दिन माग गरिकी हुन् ।
सांसद रानाले भनिन् , पुलको लठ्ठा चुडिंदाको दृश्यले सबैको मन रोएको छ । खच्चडको मालिकलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था तुरुन्तै गरियोस् ।
जेठ २७ गते पुलको लठ्ठा चुडिंदा फसेका १३ वटा खच्चडमध्ये ११ वटाको जीवितै उद्धार भएको थियो । २ खच्चड भने मृत्यु भएको थियो ।