ट्रेण्डिङ

होमपेज / समाज

भारतको नयाँ सेना प्रमुख द्विवेदी हुने

नेपालगाथा २०८१ जेठ ३० गते बुधबार ११:५७:१० मा प्रकाशित

काठमाडौँ । भारतकाे नयाँ सेना प्रमुख उपेन्द्र द्विवेदी हुने भएको छ । मंगलबार भारत सरकारले मनोज पाण्डेको ठाउँमा लेफ्टिनेन्ट जनरल द्विवेदीलाई सेना प्रमुखमा नियुक्त गर्ने जानकारी दिएको हो ।

प्रधानसेनापति मनोज पाण्डे जुन ३० तारिखमा अवकाश लिँदैछन् । वरिष्ठताका आधारमा द्विवेदीलाई यो पदमा चयन गरिएको हो ।

गत महिना सरकारले मनोज पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो । उनले मे ३१ मा नै अवकाश लिने तय थियो तर त्यसको ६ दिनअघि नै उनको कार्यकाल थपिएको थियो ।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जुन ३० गतेदेखि लागू हुने गरी भारतीय सेनाको उप-प्रधानसेनापतिका रूपमा कार्यरत लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई प्रधानसेनापति नियुक्त गरेको छ ।’

हाल उपसेना प्रधानसेनापति पदमा कार्यरत रथी मनोज पाण्डे जुन ३० मा अवकाश लिँदै छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top