होमपेज / समाज
काठमाडौँ । छिमेकी देश भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले सिक्किमको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि शपथ लिएका हुन् ।
गान्तोकको पालजोर स्टेडियममा भएको शपथ ग्रहण समारोहमा गोलेलाई सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
उनीसँगै मन्त्रिपरिषद्का ११ जना मन्त्रीले पनि शपथ ग्रहण लिएका छन् ।
शपथग्रहणपछि बोल्दै मुख्यमन्त्री गोलेले आफू सरकारमा आएपछि सिक्किम–नेपालको सम्बन्ध विस्तार गर्न धेरै पहल गरेको बताए । उनले चिवा भञ्ज्याङ सीमानाका सुचारु गराउन सिक्किम तर्फको सडक निर्माण लगायतमा काम बाँकी रहेको बताए।