ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रपति पौडेल आज स्विट्जरल्याण्ड जाँदै

नेपालगाथा २०८१ जेठ २९ गते मंगलबार १७:३०:०३ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्याण्डको जाँदैछन् । राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन आज जेनेभा प्रस्थान गर्न लागेका हुन् ।

पौडेलले बुधबार स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग भेटवार्ता गर्नेछन् . त्यसको भोलिपल्ट ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन सत्रलाईसम्बोधन गर्नेछन् ।

असार १ गते जर्मनी भ्रमण गर्नेछन् । जर्मनीको बर्लिनमा असार ३ गते राष्ट्रपति फ्र्यांक वाल्टर स्टिनमेयरसँग औपचारिक भेटवार्ता गर्ने कार्यतालिकारहेकाे छ ।

 प्रतिनिधिमण्डल सदस्यहरु राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरु तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहनेछन् ।

राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top