होमपेज / समाज
कैलाली । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज सरकार बिस्तारको तयारी गरेका छन्। आज एमाले, माओवादी र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी तयारी भइरहेकाे छ । एमालेले सरकारमा सहभागी हुने नेताहरूको नाम टुङ्गो लगाइसकेको छ ।
एमाले स्रोतका अनुसार सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्की मन्त्री बन्ने छन् । पालले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने स्रोतको दाबी छ ।
माओवादी केन्द्रले सुरुमा ओम विक्रम भाट सरल र अक्कल रावललाई मन्त्री बनाउने तयारी गरेको थियो । तर, हिजो बसेको संसदीय दलको बैठकमा माओवादीबाट सबैजसो सांसदले मन्त्रीको आकाङ्क्षा गरेपछि मन्त्रीको नाम टुङ्गो लगाउन समस्या भएको बैठकमा सहभागी माओवादीका एक सांसदले जानकारी दिए ।
आजै माओवादी संसदीय दलका नेता मानबहादुर धामीले मन्त्रीको नाम टुङ्गो लगाउने नभए इन्चार्ज गिरिराजमणि पोख्रेललाई जिम्मा दिने छलफल गरिएको थियो । स्वतन्त्र सांसद डा. तारा जोशीलाई सरकारमा ल्याउने तयारी गरिएको छ ।