ट्रेण्डिङ

होमपेज / समाज

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

नेपालगाथा २०८१ जेठ २७ गते आइतबार ११:०८:४२ मा प्रकाशित

काठमाडाैं | प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । सभामुख निवास बालुवाटारमा आइतवार बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले आइतवार र सोमवार दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । अब २९ गतेदेखि नियमित छलफल हुनेछ ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययन गर्न दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा मुख्य सचिव डा बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी भएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top