होमपेज / समाज
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा भोलि शुक्रबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी हलमा हुने श्रमाधान रोजगार मेलाको तयारी पुरा भएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा मेलाको सम्पुर्ण तयारी भएको बताउदैँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव टिकाराम ढकालले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकको बीच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको बताउनुभयाे । साथै उहाँले मेलाले रोजगारीका अवसरहरु सृजना गर्ने, सीप विकास प्रबद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा शसक्तीकरण गर्ने र सार्वजनिक तथा निजि साझेदारी अभिवृद्धि गर्ने बताउनुभयाे ।
नेपाल चेम्बर अर्फ कमर्स कर्णली प्रदेश अध्यक्ष चिन्तामणि शर्माले रोजगारदाताले आवश्यकता अनुसारको श्रमिक नपाउने अवस्थालाई यस्तो खालको मेलाले सम्बोधन गर्ने बताउनुभयाे।
हालसम्म मेलामा ४० वटा निजि क्षेत्रका स्टलहरु रहने छन् । मेला विहान १० बजेदेखि साझ ६ बजेसम्म सञ्चालन हुनेछ । १७ गते कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला प्रत्येक प्रदेशमा २-२ दिन सञ्चालन भै रहेको छ । कर्णालीमा २५ र २६ गते सञ्चालन हुनेछ ।