ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस 

बुलबुले तालबाट काँक्रेबिहार हुँदै निकाससम्म जलबिहार सहितकाे बहुउद्देश्यसहितकाे परियाेजनाकाे सम्भाव्यता अध्ययन गरिने

नेपालगाथा २०८१ जेठ २३ गते बुधबार २२:५६:४० मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ । बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेका हुन् ।

प्रदेश प्रमुख परियारले प्रदेशसभामा पेस गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा कर्णालीको पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । 

सुर्खेतकाे बुलबुले तालबाट काँक्रेबिहार हुँदै निकाससम्म जलबिहार सहितकाे बहुउद्देश्यसहितकाे परियाेजनाकाे सम्भाव्यता अध्ययन गरिनेछ । 

सार्वजनिक विद्यालयकाे शिक्षण सिकाइलाई प्रभावकारी बनाउन मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम लागू गरिनेछ ।

पत्रकारिता तथा आमसञ्चार विषयमा छात्रबृत्ति र पुरस्कार लगायतका कार्यक्रमलाई निरन्तरता दिइनेछ । 

पत्रकार दुर्घटना तथा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा ल्याइने 

प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट स्रोत सुनिश्चित नभएका तथा सम्भाव्यता अध्ययन नभएका आयोजनाहरू अगाडि नबढाउने नीति लिन लागेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top