ट्रेण्डिङ

होमपेज / समाज

सहकारीको बचत छानबिन गर्ने संसदीय समितिको पहिलो बैठक आज बस्दै

नेपालगाथा २०८१ जेठ २३ गते बुधबार १४:३७:२३ मा प्रकाशित

काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग भएको बारे छानबिनका लागि गठित संसदीय समितिको पहिलो बैठक आज बस्ने भएको छ ।

बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा बस्न लागेको हो । उक्त बैठकमा सभामुख घिमिरे पनि सहभागी हुनेछन् ।

सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिनको माग गर्दै संसद्‌ अवरोध गरेपछि यहि जेठ १५ गते एमालेका सांसद सुर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो । 

७ सदस्यीय समितिमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट सांसदहरू ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top