होमपेज / समाज
काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्ने भएकाे छ । बैठक आज बिहान ११ बजे बाेलाएकाे छ ।
बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमा छलफल हुने कार्यसूची रहेको छ । बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री वर्षमान पुनले दिने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
बैठकमा ‘विनियोजन विधेयक, २०८१’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै अर्थमन्त्री पुनले विनियोजन विधेयक, २०८१ राष्ट्र ऋण उठाउने विधेयक, २०८१ भन्सार महसुल विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
.jpg)