ट्रेण्डिङ

होमपेज / समाज

लुम्बिनी प्रदेशकाे ऊर्जा,जलस्रोत मन्त्रीमा केसी नियुक्त

नेपालगाथा २०८१ जेठ २१ गते सोमबार १७:०४:०४ मा प्रकाशित

बुटवल । लुम्बिनी प्रदेशकका मुख्यमन्त्री जोख बहादुर महराले सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री महराले सोमबार दिउँसो नेकपा माओवादीबाट बाँके निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित कृष्णा केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त गरेका हुन् । लुम्बिनी प्रदेश सरकारमा १२ औँ मन्त्री मन्त्रीका रूपमा कृष्णा केसी थपिएकी हुन् । 

लुम्बिनीमा यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबन्डा मिलाउन १२ वटा मन्त्रालय पुर्‍याइएको छ ।

केसीको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ ।  यसअघि मुख्यमन्त्री महराले वैशाख १२ गते मन्त्रिपरिषद् बिस्तार गरेका थिए । 

नवनियुक्त मन्त्री केसीले आजै प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top