होमपेज / समाज
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ ।
प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
यस्तै राष्ट्रियसभा बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । अर्थमन्त्री न पुनले आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।
माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले 'लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले 'मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् भने विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले 'सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०' सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पाण्डेयले जानकारी दिएका छन् ।
.jpg)