होमपेज / समाज
सुर्खेत । नेपाल औषधी ब्यवसायी संघ जिल्ला शाखा सल्यानको शनिबार सम्पन्न जिल्ला शाखा अधिवेशनले घनश्याम अधिकारीलाई पुन: अध्यक्षतामा चयन गरेकाे छ । नव निर्वाचित कार्यसमितिकाे उपाध्यक्षमा सागर राज पाण्डे, महासचिव गंगाराम डिसी र कोषाध्यक्षमा शेर बहादुर गिरी चयन भएका छन् । यसैगरी संघकाे जिल्ला सदस्यहरुमा रबिन कुमार बोहरा, सन्तोष कुमार बिक र ओपेन्द्र बहादुर केसी चयन भएका छन् ।

आगामी ३ वर्षका लागि बनेकाे नयाँ कार्यसमिति निर्विरोध चयन भएको नेपाल औषधी ब्यवसायी संघ कर्णाली प्रदेश अध्यक्ष प्रेम बहादुर भण्डारीले नेपालगाथालाई जानकारी दिनुभयाे ।