ट्रेण्डिङ

होमपेज / समाज

सहयोग शिक्षक तालिमका सहभागीलाई प्रमाणपत्र वितरण

नेपालगाथा २०८१ जेठ १९ गते शनिबार २१:०८:२७ मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगरमा सञ्चालित ३६ दिवसीय सहयोग शिक्षक तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । पतंजली योग समिति नेपालद्वारा सञ्चालित पतंजली योग जिल्ला समिति, जिल्ला महिला समिति र वीरेन्द्रनगर समितिको अभिभावकत्व तथा इगरब्रिज योग साधना केन्द्रको आयोजनामा शनिबार एक कार्यक्रमका बीच सहयोग शिक्षक तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

इगरब्रिज योग साधना केन्द्रका प्रमुख कृष्णा न्यौपाने भुसाल, पतंजली योग समिति नेपालका आजीवन सदस्य तथा सल्लाहकार हेमप्रकाश भुसाल, पतंजली योग समिति नेपाल कर्णाली प्रदेश संगठन मन्त्री नरेश्वर अधिकारी, पतंजली योग समिति नेपाल सुर्खेतका अध्यक्ष शेरबहादुर खड्का, पतंजली योग समिति नेपाल सुर्खेत महिलाका प्रभारी गीता ओली, वीरेन्द्रनगर नगरका नगर प्रभारी रेशमबहादुर भण्डारीले सह–योग शिक्षक तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

१८ मार्चदेखि २४ अप्रिलसम्म सञ्चालित सहयोग शिक्षक तालिममा ८० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । सहभागीका तर्फबाट रिमा कँडेलले नियमित योग, ध्यान र साधनाले हरेक साधकको तन, मन र वचनलाई शुद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने गरेको बताईन् ।

प्रमाणपत्र वितरण कार्यक्रममा पतंजली योग समिति नेपालका विभिन्न पदाधिकारी, सदस्यलगायत विभिन्न साधना केन्द्रका दिव्य योगानुरागीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top