ट्रेण्डिङ

होमपेज / समाज

अत्यधिक गर्मी बढेपछि असार ७ गतेसम्म बिदा

नेपालगाथा २०८१ जेठ १९ गते शनिबार ११:१८:३६ मा प्रकाशित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेपछि बिदा बढाएको छ । आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा थपिएकाे छ ।

अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको नेपालगञ्ज उपमहानगरपालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले यही जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो । 

नेपालगञ्ज उपमहानगरपालिका भित्रका विद्यालयमा असार ९ गतेदेखि पठनपाठन हुने बताइएको छ । 

केही दिन अघि नेपालगञ्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियससम्म मापन भएको थियो । गर्मीका कारण यहाँको जनजीवन कष्टकर बनेको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top