ट्रेण्डिङ

होमपेज / समाज

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपालगाथा २०८१ जेठ १९ गते शनिबार ०५:५७:१६ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६५, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा (काठमाडौं) १६८ रुपैयाँ प्रतिलिटर हुनेछ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५०, दोस्रो वर्गमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम गरिएकाे छ ।

निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने घटाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top