होमपेज / समाज
सुुर्खेत । अत्याधिक गर्मी बढेपछि प्याव्सन सुर्खेतले वीरेन्द्रनगरका विद्यालयहरु आइतबारदेखि एक हप्तासम्म बन्द गर्ने निर्णय गरेकाे छ । गर्मी बढेको भन्दैले प्याब्सनले यही २० गते आइतबारदेखि एक हप्तासम्मका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
गर्मीले बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याव्सन सुर्खेतका अध्यक्ष बेद प्रकाश ढकालले जानकारी दिए ।
उनका अनुसार गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा हुन सक्ने असरलाई मध्यनजर गर्दै सामुहिक छलफलपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।
वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख धिरेन्द्र शर्माका अनुसार गर्मी अत्याधिक बढेकाले सामुदायिक विद्यालयहरु पनि बन्द गर्ने तयारी भएकाले यसका बारेमा छिट्टै निर्णय हुने जानकारी दिनुभयाे ।
वीरेन्द्रनगरको बिहीबारकाे तापक्रम ४० डिग्री मापन गरिएको थियाे ।