ट्रेण्डिङ

होमपेज / समाज

धनगढीमा अत्यधिक गर्मी बढेपछि विद्यालय एक हप्ता बन्द

नेपालगाथा २०८१ जेठ १७ गते बिहीबार १६:५८:४६ मा प्रकाशित

कैलाली । गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । उपमहानगरपालिकाले जेठ १८ देखि २४ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीले सूचना जारी गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिइएको उल्लेख गरेका छन् । खातीले गर्मी अत्यधिक बढेपछि बालबालिकाको स्वास्थमा पर्न सक्ने असरलाई ख्याल गर्दै बिदा दिइएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top