ट्रेण्डिङ

होमपेज / समाज

आज संघीय संसदका ६ वटा समितिको बैठक बस्दै

नेपालगाथा २०८१ जेठ १७ गते बिहीबार ११:००:४९ मा प्रकाशित

काठमाडौं । संघीय संसदका विभिन्न ६ संसदीय समितिका बैठक आज एकै पटक बोलाइएको छ । प्रतिनिधिसभा अन्तर्गतका चारवटा समिति र दुई वटा  राष्ट्रियसभा अन्तर्गतका समितिका बैठक बस्न लागेको हो ।

विकास, आर्थिक मामिला तथा सुशासन, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, राज्य व्यवस्था तथा सुशासन, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, महिला तथा सामाजिक मामिला समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे १० बजे बोलाइएको छ । बैठकमा सोह्रौँ पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सरकारको रणनीति र तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top