ट्रेण्डिङ

होमपेज / समाज

गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव हो - मुख्यमन्त्री कँडेल

नेपालगाथा २०८१ जेठ १५ गते मंगलबार १३:२८:०७ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव भएकाे  बताउनुभएकाे छ ।

आज गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कँडेलले लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीन वटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभएकाे हाे । मुख्यमन्त्री कँडेलले जनतामा सार्वभौम बनेको आजको दिन नेपालको राजनीतिक इतिहासको महत्तवपूर्ण र अविस्मरणीय दिन भएको पनि बताउनुभयाे ।

कँडेलले व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता भएको बताउनुभयाे ।

मुख्यमन्त्री कँडेलले भन्नु भयाे, आजको यस ऐतिहासिक गणतन्त्र दिवसले राष्ट्रिय सार्वभौमिकता‚ स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गरोस् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top