ट्रेण्डिङ

होमपेज / समाज

पत्रकार, नेता संगठनका पनि नेता हुन् - प्रदेश अध्यक्ष शाह 

नेपालगाथा २०८१ जेठ १२ गते शनिबार २३:२१:०१ मा प्रकाशित

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहले पत्रकारहरु नेता संगठनका पनि नेता भएको बताउनुभएको छ । प्रेस चौतारी नेपालको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्वोधन गर्ने क्रममा अध्यक्ष शाहले यस्तो बताउनुभएको हो । 

पत्रकारले समाजको परिवेश, अवस्था र प्रविधिलाई आत्मसाथ गरेर पत्रकारिता गर्नुपर्ने बताउनुहँदै अध्यक्ष शाहले सिद्धान्त, संगठन र संघर्ष बुझेको पत्रकारले मात्र पत्रकारिता पेशालाई दिगो बनाउन सक्नेमा जोड दिनुभयो । 

पत्रकारितामा कलम चलाएर हिडेको नभए पनि पत्रकारिता पेशाको मर्म र अवस्थालाई राम्रोसँग बुझेको बताउँदै अध्यक्ष शाहले पत्रकारले आफूलाई प्रविधिसँग घुलमिल बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । 

यसैगरी नेकपा एमाले कर्णाली प्रदेशका प्रचार विभाग प्रमुख रमेश शाहीले प्रेस चौतारीको हितमा पार्टिले गरेका कुनै पनि निर्णयलाई सबैले स्वीकार गरेर अघि बढ्नुपर्ने बताउनुभयो । साथै उहाँले पहिले आफ्नै संगठनसँग र पछि अन्य संगठनसँग मिलेर अघि बढ्न सक्यौं भने सफलता प्राप्त सकिने बताउनुभयो । 

यसैगरी केन्द्रीय प्रचार विभाग सदस्य टिका बिष्टले संगठनमा महिला नेतृत्व स्थापित गराउनका लागि उचित अवसर र मौका दिनुपर्नेमो जोड दिनुभयो । 

प्रेस चौतारी नेपालको केन्द्रीय सचिव तथा कर्णाली प्रदेशका इन्चार्ज विष्णु शर्माले प्रेस चौतारीका सबै गतिविधिहरु महासंघ लक्षित बनाउन निर्देशन दिनुभयो । साथै उहाँले प्रेस चौतारीका सिपाहीहरु जो कोही पनि इमान्दार भएर संगठनमा लागेमा सबैले अवसर प्राप्त गर्ने बताउनुभयो । 

प्रेस चौतारी नेपाल केन्द्रीय अनुशासन आयोगका अध्यक्ष नवराज महत्ताराले कुनै पनि संगठनलाई अनुशासित बनाउन सकिएन भने त्यस्तो संगठन दिगो र प्रभावकारी हुन नसक्ने भएकाले प्रेस चौतारीलाई अनुशासित र संघर्षशील संगठनका रुपमा अघि बढाउन सबैलाई निर्देशन दिनुभयो । 

प्रेस चौतारी नेपाल कर्णाली प्रदेशका अध्यक्ष प्रकाश अधिकारीकोे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्लागत अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुति गरिएको थियो ।

भेलाले समग्रमा प्रेस चौतारीको कर्णाली प्रदेशको अवस्था र पत्रकार महासंघका बारेमा भइरहेका गतिविधिका बारेमा समिक्षा गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top