ट्रेण्डिङ

होमपेज / समाज

उपराष्ट्रपति यादव इजरायलका राजदूतबीच भेटवार्ता

नेपालगाथा २०८१ जेठ ११ गते शुक्रबार १५:५३:१६ मा प्रकाशित

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरकाे  भेटवार्ता भएकाे छ । आज उपराष्ट्रपति र राजदूत गोल्डबर्गरकाे उपराष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएकाे हाे ।

भेटमा उनीहरुबीच दुई पक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोगलगायत आपसी हितका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।

भेटका क्रममा उपराष्ट्रपति यादवले नेपाल र इजरायलबीच १ जुन १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता मित्रता, सद्भाव, समझदारी र सहयोगको सम्बन्ध रही आएको बताएका थिए ।

उपराष्ट्रपति यादवले भने, इजरायल सरकारले नेपाली युवाहरुलाई ‘केयरगिभर’ सेवा क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराएकामा धन्यवाद दिनुभएको थियो ।

उनले इजरायलका राजदूत गोल्डबर्गरले नेपाल र इजरायलबीच विभिन्न क्षेत्रमा समानता रहेको उल्लेख गर्दै दुई देशको सम्बन्ध वर्षौंयता सुमधुर र प्रगाढ रहेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top