ट्रेण्डिङ

होमपेज / समाज

सिँजा क्षेत्रको समग्र विकासका लागि जुटे भूतपूर्व विद्यार्थीहरु

नेपालगाथा २०८१ जेठ १० गते बिहीबार २१:४४:३८ मा प्रकाशित

सुर्खेत । सिँजा क्षेत्रको समग्र विकासका लागि भूतपूर्व विद्यार्थीहरु एकजुट भएका छन् । भैरव माध्यामिक विद्यालय नराकोट, सिँजा, जुम्लाका भूतपूर्व विद्यार्थीहरुले बिहीबार अनलाइन भेला गरेर भूतपूर्व विद्यार्थीहरु एकजुट भएर समग्र सिँजा क्षेत्रकाे विकास गर्ने जनाएका हुन् ।

भैरव माध्यामिक विद्यालय नराकोट, सिँजा, जुम्लामा विभिन्न समयमा अध्ययन गरी हाल देश विदेशका विभिन्न क्षेत्रमा कार्यरत भूतपूर्व विद्यार्थीहरुको सहभागिताले सिँजा क्षेत्रको समग्र विकासका लागि विभिन्न क्षेत्रको ज्ञान, सिप, क्षमाता र विज्ञता भएका भूतपूर्व विद्यार्थीहरुलाई संगठित गरी उनीहरुको ज्ञान, सिप, क्षमता र विज्ञतालाई सिँजा क्षेत्रको समग्र विकासका लागि प्रयोग गर्ने जनाएका हुन् ।

भूतपूर्व विद्यार्थी परेक खत्रीकाे अध्यक्षतामा सञ्चालन भएकाे भेलाकाे प्रमुख अतिथिकाे रुपमा भूतपूर्व विद्यार्थी तथा सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल रहनुभएकाे थियाे । यसैगरी कार्यक्रममा नेपाल सरकारका सहसचिव गगन हमालको विशेष आतिथ्यता, नेपाल सरकारका उपसचिव सुमन धिताल र मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक राजेन्द्र प्रसाद धितालको आतिथ्यता र विभिन्न क्षेत्रमा कार्यरत भूतपूर्व विद्यार्थीहरुको सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा भूतपूर्व विद्यार्थी जनकराज शर्माले भेलाको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो भने भेलाको सहजीकरण तथा सञ्चालन मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक भिमबहादुर रोकायाले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु र अन्य सम्पूर्ण सहभागीहरुले शिक्षा क्षेत्रको समग्र विकासका लागि छरिएर रहेका हाम्रा ज्ञान, सीप र विज्ञतालाई एकीकृत र संगठित गरी सिँजामा लगानी गर्नुपर्नेमा जाेड दिएका थिए ।

भेलाले २०८१ सालको दशैंसम्म सिँजामा भौतिक रुपमा भूतपूर्व विद्यार्थीहरुको बृहत सम्मेलनको आयोजना गर्ने र सो को तयारी तथा अन्य कार्यक्रमहरुको योजना निर्माणका लागि २१ सदस्य भएको एउटा तदर्थ समिति गठन गरेको भिमबहादुर राेकायाले नेपालगाथालाई जानकारी दिनुभयाे ।

तदर्थ समितिमा पूर्णप्रसाद धिताल, गगन हमाल, भिमबहादुर रोकाया, परेक खत्री, जनकराज शर्मा, मानबहादुर रोकाया, शेरबहादुर रोकाया र शंकर धिताल रहनुभएकाे छ । यसैगरी अन्य सदस्यहरुमा सुमन आचार्य, धनप्रसाद शर्मा, खम्मीलाल शर्मा, नबिन शर्मा, कृष्णराम आचार्य, टिकाराम रेग्मी, जंगराज गिरी, पूर्णचन्द्र न्यौपाने, मिनराज शर्मा, ऋतुराज धिताल, जयशंकर धिताल, कुलानन्द आचार्य र कृष्ण बहादुर रोकाया रहनुभएकाे छ ।

उल्लेखित तदर्थ समितिको कार्यलाई प्रभावकारी बनाउन विशेष जिम्मेवारी सहितको सचिवालय पनि बनेकाे छ। उक्त सचिवालयमा परेक खत्री, मानबहादुर रोकाया, शंकर धिताल, सुमन आचार्य र नविन शर्मा रहनुभएकाे भिमबहादुर राेकायाले जानकारी दिनुभएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top