ट्रेण्डिङ

होमपेज / समाज

आज २५६८औं बुद्ध जयन्ती

नेपालगाथा २०८१ जेठ १० गते बिहीबार ११:११:५१ मा प्रकाशित

काठमाडौं । आज वैशाख पूर्णिमा। बौद्ध दर्शनका प्रवर्तक भगवान गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) आजकै दिन बैशाख शुक्ल पुर्णिामामा परेकाले आजको दिनलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरुले भगवान गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्दै बुद्धजयन्ती मनाउने गर्दछन् ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।

इसापूर्व ५६४ अर्थात् आजभन्दा २५६८ वर्षअघि नेपालको रुपन्देही जिल्लास्थित लुम्बिनीमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट सिद्धार्थ गौतमको जन्म भएको थियो।

राजकुमारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने। २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top