होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कंडेलले २५६८औँ बुद्ध जयन्तीको अवसरमा एक शुभकामना सन्देश दिँदै बुद्धका उपदेश र मार्गदर्शनले हामी सबैलाई आपसी सद्भाव र एकतामा हिड्न मद्दत पुग्ने अपेक्षा गर्नुभएकाे छ। विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कंडेलले सम्पूर्ण मानव सभ्यतालाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएकाे बताउनु भएकाे छ ।
'गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्भाव¸ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ हुनका साथै यसबाट विश्व शान्तिका लागि समेत मद्दत पुग्नेछ भन्ने मलाई लागेको छ' शुभकामना सन्देशमा भनिएकाे छ ।
अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले बुद्धका विचारहरु विश्व भर नै धेरै लोकप्रिय हुन सकेकाे बताउँदै मुख्यमन्त्री कंडेलले बुद्ध जयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिंदै प्रगतिको बाटोमा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्नेमा जाेड दिनुभएकाे छ ।
