ट्रेण्डिङ

होमपेज / समाज

सिरोहिया पक्राउबारे रास्वपाकाे धारणा सार्वजनिक 

नेपालगाथा २०८१ जेठ ९ गते बुधबार १३:५०:२१ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने सरकारको कदमको पक्षमा उभिएको छ ।

रास्वपा पार्टीका महामन्त्री डा. मुकुल ढकालले आज एक विज्ञप्ति जारी गर्दै नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् भन्दै अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको बताएको छ।

अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन। उनले सिरोहिया पक्राउबारे स्पष्ट उल्लेख नगरे पनि ‘सञ्चार माध्यमहरू लोभ, त्रास र सौदाबाजीको अस्त्र बने भने राज्य जाग्नुपर्छ भन्ने सन्देश जनतामा जाओस्  उनले भनेका छन् ।

महामन्त्री ढकालले भने नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरुप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौं ।

सिरोहियाले किर्ते नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा सर्लाहीका इन्द्रजित महतोले उजुरी दिएका थिए । 

उजुरी दिए लगतै मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top