होमपेज / समाज
जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ ।
सिरोहियालाई हिजाे काठमाडौंबाट पक्राउ गरी धनुषा पुर्याइएको थियो । आज अदालतमा पेश गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएका छन् ।
नागरिकता दुरुपयोग गरेको भन्दै सर्लाहीका इन्द्रजित महतोले सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न मंगलबार अनुमति दिएको थियो ।