ट्रेण्डिङ

होमपेज / समाज

कामीरिताले ३० औं पटक सगरमाथा चढेर राखे विश्व कीर्तिमान

नेपालगाथा २०८१ जेठ ९ गते बुधबार ११:४३:४० मा प्रकाशित

काठमाडौं ।  कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेकाे सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमकले जानकारी दिएका छन् । 

सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भने कामीरिता शेर्पाले सगरमाथा शिखमा ३० औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ”, । वसन्त ऋतुको जारी आरोहणमा उहाँले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन् ।

गत वैशाख २८ गतेदेखि यो वर्षको आरोहण सुरु भएको हो। आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन्। अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top