ट्रेण्डिङ

होमपेज / समाज

गर्मीमा सातु सर्वत खानु स्वास्थ्यका लागि फाइदा

नेपालगाथा २०८१ जेठ ७ गते सोमबार १४:५५:२९ मा प्रकाशित

सातु खाने प्रचलन निकै पुरानो मानिन्छ। परापूर्व कालदेखि सातु खाने चलन थियो। पहाड, तराई या हिमालमा समेत यसको महत्व आ-आफ्नै छ।  ठाउँअनुसार सातु पनि फरक-फरक  तरिकाले तयार गर्ने प्रचलन छ। सातु आफैँमा एक सर्वोत्तम भोजन मानिन्छ । बालकदेखि बुढाबुढी सबैलाइ स्वास्थ्यबर्द्धक सातुका गुणकारी भोजन हो।

गर्मी मौसमा त झन् सातु सर्वत अम्रित सरह नै हुन्छ। ग्रामीण भेगमा त सातु सर्वतको छुट्टै महत्व छ। गाउँगाउँमा कोल्ड ड्रिङ्सले सातु सर्वतलाइ बिस्थापित गर्दै लगेता पनि पछिल्लो समय आर्गानिक परिकारको खोजी गर्दै आफ्ना मौलिक परिकार नै उत्तम सावित भएका छन्। बजारिया पेय पदार्थ गाउ गाउमा फिजिएपछि सातु सर्वत लोप हुने स्थितिमा  पुगेको थियो।

समयसँगै नेपाली रैथाने परिकार र पेय पदार्थको खोज र अनुसन्धान हुँदै गयो । आफ्नै गाउँघरका मौलिक र लोक परिकार स्वास्थ्यबर्द्धक र उपयोगी सावित भएका छन। सातुको महत्व बुझ्दै गर्दा धेरैले व्यवसायिका रुपमा सातु उत्पादन गर्न थालेका छन्। अहिले बजारमा थरिथरिका ब्राण्डमा सातु उपलब्ध छन्। मौलिक सातु उत्पादन गर्ने दर्जनौं संस्थाहरु बजारमा प्रतिपर्धा गरिरहेका छन्।

सातुको महत्व आयुर्वेदमा समेत प्रष्ट परिएको छ। सवैभन्दा स्वस्थकर भनेको परम्परागत रुपमा बनाइने सातु नै हो। जुन माटोको हाँडीमा ग्रेन्स भुटेर ढुंगाको जाँतोमा पिसिन्थ्यो र ताजा–ताजा खाने गरिन्थ्यो। अहिले व्यवसायिक रुपमा बनाइने सातु धेरै दिन बजारमा रहने हुँदा यसको आयुमा धेरै कमी आएको हुन्छ। बोराका बोरा मेसिनमा पिसिने हुँदा बजारको सातुमा फाइबर पनि कमै पाइन्छ।

सातु लामो यात्रामा हिँड्दा वा कामकाजमा सधैं ब्यस्त हुनेहरुले नियमित रुपमा सेवन गर्ने परमपरा रहेको छ। उच्च पोषक तत्व पाइने हुँदा सातु धेरैको साथी बनेको हुन्छ। पानी, दूध या दही मही जेसङ्ग खाँदा पनि स्वादिष्ट र पोषणपूर्ण हुने हुँदा पनि सातु पछिल्लो समय लोकप्रिय छ। छिटो, मिठो र सहज उपलब्ध हुने हुँदा यो मौलिक परिकार  दिनानु दिन माग बढेर गएको छ।

कसरी बन्छ सातु सर्वत ?
सातु सर्वत नेपालमा मात्र नभइ भारतका बिभिन्न राज्यमा लोकप्रिय छ। सितलताका लागि पनि सातु निकै राम्रो पेय पदार्थ मानिन्छ। गर्मीयाममा चनाको सातु, कागती र चिसो पानी घोलेर पिउँदा पनि पर्याप्त सितलता उपलब्ध हुन्छ। कुनै पनि सातुमा दूध वा दही घोलेर खादा पनि स्वादिसष्ट र पोषिलो हुन्छ। दही केरामा पनि सातुको स्वाद उत्तम  हुन्छ।

सर्वतको रुपमा पिउँदा पनि सातुलाइ नुन, पानी र कागतीको साथमा उत्तम हुन्छ। गुलियो मन पराउनेले सख्खर, मिस्री, मह वा फ्रुट मिसाएर पिउँदा उत्तम हुन्छ। मकै, भटमास, गहुँ, चना, केराउ, जौ भुटेर बनाइएको सातुलाई उत्तम र सर्वप्रिय सर्वोत्तम सातु मानिन्छ। घरेलु रुपमा तयार गरिएको सातु सेवन गर्दा झन् सुरक्षित र स्वास्थ्यका हिसाबले उत्तम मानिएको छ।

शारीरिक ब्यायाम गर्ने, खेलाडी, सैनिक, जिम गर्ने र कडा परिश्रम गर्नेका लागि सातु सर्वत उत्तम पेय पदार्थ हुन्छ। सातुले तत्काल ऊर्जा दिन सहयोग गर्ने हुँदा बिहान जिम, ब्यायाम र योगा गर्नेहरुले पनि सातु सर्वत पिउने प्रचलन छ । गाउँघरमा बिहानै मेलापात, घाँस दाउरा गर्नेहरुले पनि नियमित सातु सर्वत पिउने गरेको पाइन्छ।

स्कुल तथा कलेज अध्ययन गर्ने विद्यार्थीहरुले पनि नियमित रुपमा सातु सर्वत सेवन गर्न सकिन्छ । पानीको तुम्लेटमा सातु सर्वत घोलेर दिउसोभर थोरै-थोरै पिउँदा पनि उत्तम हुन्छ। बच्चाहरुका लागि सातु सर्वत पिउन पल्काउनका लागि काजु, बदाम, स्ट्रबरी सिरप मिसाएर सर्वत बनाउन सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top