ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा

नेपालगाथा २०८१ जेठ ७ गते सोमबार १०:३६:०९ मा प्रकाशित

काठमाडौं । काठमाडौँमा आज बिहानैबाट अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको छ। काठमाडौंका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले भने, ‘अहिले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पानी परिरहेको र सबैभन्दा बढी सुन्दरीजलमा वर्षा भइरहेको छ ।’

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, कोषी तथा मधेस प्रदेशका एक दुई स्थानमा राति भारी वर्षा हुने सम्भावना रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top