ट्रेण्डिङ

होमपेज / समाज

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अगुवा महिलाको बैठक

नेपालगाथा २०८१ जेठ ४ गते शुक्रबार १३:३४:२५ मा प्रकाशित

काठमाडौं । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अगुवा महिलाहरुको बैठक सम्पन्न भएको छ । महासंघ अध्यक्ष पासाङ शेर्पाको अध्यक्षता तथा नेकपा एमाले जनसंगठन सयन्त्रका प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा बैठक भएको हो । बैठकमा महासंघका इन्चार्ज गोकुल घर्ती समेतको सहभागिता रहेको थियो ।

नेकपा एमाले जनसंगठ्न समन्वय सयन्त्रको संयोजनमा जेठ १६ र १७ गते हुने जनसंगठन सम्बद्ध अगुवा महिलाको दुई दिने भेलाको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बसेको हो ।

बैठकले भेलाको उदघाटन समारोहमा आआफ्नो भेष भुसामा सयौँ आदिवासी जनजाति महिलाको उपस्थिति गराउने निर्णय गरेको महासंघका उपमहासचिव तथा प्रचार विभाग प्रमुख देवराज राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top