होमपेज / समाज
कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरले बिहीबार ओडलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जानकारी दिएकाे छ । उनी धरौटी बुझाएर बिहीबार साँझ नै रिहा भएका छन्।
ओडविरुद्ध उनकी श्रीमतीले चैत २० गते वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा कञ्चनपुर प्रहरीले ओडविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए । ओड नेपाल आइडल सिजन २ का विजेता हुन् ।