ट्रेण्डिङ

होमपेज / समाज

रगतदान,जीवन दान नै समाजको उत्तम सेवा हाे - एमाले पोलीटब्युरो सदस्य भटराई

नेपालगाथा २०८१ जेठ ३ गते बिहीबार १६:५८:१६ मा प्रकाशित

दमक । मदन आश्रित स्मृति दिवसको अवसरमा नेपाल कम्यूनिष्ठ पार्टी (एमाले) झापाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कमल गाउँपालिकाको रोड स्टार पार्टी प्यालेसमा एमाले झापाले रक्तदान कार्यक्रम गरेको हो ।

एमाले कमल गाउँ कमिटीको ब्यवस्थापन र नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा एमाले जिल्ला कमिटी झापाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रममा १३ महिला सहित १ सय २४ जनाले रगतदान गरेको कार्यक्रममा सहभागी सञ्चारकर्मी सोम मंग्रातीले जानकारी दिनु भयो । एमाले झापा अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि एमाले पोलीटब्युरो सदस्य तथा झापा इन्चार्ज विशाल भटराईले सामाजिक धेरै प्रकारका सेवा रहे पनि रगतदान,जीवन दान नै समाजको उत्तम सेवा रहेको बताउनु भयो ।

एमाले पार्टीका तत्कालिन महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा कुनै विरामीलाई पुर्नजीवन दिन एक पाण्ड रगतदान गरेर मानवीय सेवा गर्ने काम गरेको झापा इन्चार्ज भटराईको भनाई रहेको छ ।

कार्यक्रममा अध्यक्ष तथा एमाले जिल्ला अध्यक्ष मानिसहरुले धेरै दान गरेपनि सबै भन्दा ठूलो दान भनेको रक्तदान भएको बताउनु भयो । यस्तो प्रवित्र कार्यमा लाग्न सबै नेता कार्यकर्तालाई अध्यक्ष गिरीले आग्रह गर्नु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top